मंगलबार, असोज ९, २०८०

सिनेमाघरमा एकसाथ तीन चलचित्रको भिडन्त

नाइँ न भन्नू ल ६’, ‘प्रसाद–२’ र ‘कैदीको पत्र’ देशभरका सिनेमाघरमा एकैसाथ प्रदर्शनमा आएका चलचित्र हुन्।
 |  शुक्रबार, वैशाख १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– शुक्रबारदेखि सिनेमाघरमा एकैसाथ तीन चलचित्र प्रदर्शनमा आएका छन्। 

sagarmatha cement

देशभरका सिनेमाघरमा एकैसाथ प्रदर्शनमा आएका चलचित्रमा नाइँ न भन्नू ल ६’, ‘प्रसाद–२’ र ‘कैदीको पत्र’ रहेका छन्।

चलचित्र ‘नाइँ न भन्नू ल–६’लाई विकासराज आचार्यले निर्देशन गरेका हुन् भने ‘प्रसाद–२’लाई सुदर्शन थापा र ‘कैदीको पत्र’लाई सनमकुमार वैरागले निर्देशन गरेका छन्।

सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको ‘नाइँ न भन्नू ल–६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ।

आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल रहेका छन्।
चलचित्र ‘नाइँ नभन्नु ल ६’ले यसअघि १ वैशाखलाई प्रदर्शन मिति तय गरेको थियो। चलचित्रका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध आर्थिक लेनदेनको विषयलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि चलचित्र सार्वजनिक तालिका प्रभावित भएको थियो।

nai-nabhannu-la-61682665426.jpg

आजदेखि सिनेमाघरमा आएको अर्को चलचित्र ‘प्रसाद २’ लभ स्टोरी चलचित्र हो। निर्देशक थापाका अनुसार पहिलो सिक्लेलजस्तै चलचित्र ‘प्रसाद २’ले जातीयताको मुद्दालाई उठान गरेको छ। थापाले यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आएका हुन्। 

एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्सनले सहकार्य गर्दै तयार भएको यो चलचित्रको स्लोगन ‘मायाभन्दा ठूलो नै क छ र’ राखिएको छ।

सुभाष थापाको प्रस्तुति रहेको यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन्। चललिचत्रको सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको थियो। प्रिमियरमा दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए।

२०७५ मा रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला रहेको यो चललिचत्र प्रेम, जातीय असमानता र सामाजिक मूल्यविरुद्ध हुने विद्रोहको कथा भन्छ। दोस्रो शृंखलामा केकी अधिकारी र अर्पण थापाको प्रवेश भएको छ।

सञ्चारकर्मी सुशील पौडेलले पटकथा लेखेका यो फिल्ममा विपिन कार्कीको विपरीत भूमिकामा केकी अधिकारी रहेकी छन्।

यो चललिचत्रले पनि गत २४ चैतलाई प्रदर्शन मिति तय गरेको थियो। व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिनाअनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि चलचित्र प्रदर्शन रोकिएको थियो।

prasad-2-photo1682665480.jpg

आजदेखि चलचित्र ‘कैदीको पत्र’ सिनेमाघरमा आएको छ। यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्यान्डमा गरिएको हो। चलचित्रमा कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायत नेपाली तथा ब्रिटिस कलाकारको अभिनय छ।

चलचित्रका निर्मातामा दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हीराल जोशी रहेका छन्। रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अर्जुन जिसङको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ।

प्रकाशित: Apr 28, 2023| 12:44 शुक्रबार, वैशाख १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।