सर्लाही- सदरमुकाम मलंगवामा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका एक नाबालगसहित अन्य दुई जना घाइते भएका छन्।
मलंगवा नगरपालिका–१० मा कोठा भाडामा लिई बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। कोठामा आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएका छन्।
घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। चिकित्सकलाई उदृत गर्दै प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उनीहरूको शरीरको १५ प्रतिशत भाग जलेको छ।