नेपालगञ्ज- एनएमबी बैंकले नेपालगञ्जमा एकदिने योग शिविरको आयोजना गरेको छ।
कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवसका अवसरमा एनएमबी बैंक बाँकेका तीनवटा शाखाको संयुक्त आयोजनामा योग शिविरको आयोजना गरिएको हो।
शिविरमा एनएमबी बैंक नेपालगञ्ज, कोहलपुर र कारकादो शाखाका कर्मचारीहरू सहभागी थिए। उनीहरूलाई योग प्रशिक्षक डा. गिरिराज भट्टराईले प्रशिक्षण गरेका थिए।
सो अवसरमा कार्यकक्षमा हुने थकान तथा तनावलाई योगका माध्यमबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे अवगत गराइएको थियो।