बिहीबार, भदौ ४, २०८३

'लुट'का हाकु काले निश्चलको आगामी फिल्ममा नहुने

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- ‘लुट’ निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’का शीर्ष कलाकार तय भएका छन्। दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र स्वस्तिमा खड्का फिल्मका लागि पक्का भइसकेका छन्। स्वस्तिमा निश्चलकी पत्नी पनि हुन्।
लुटका हाकु काले सौगात मल्ल भने निश्चलको आगामी फिल्ममा नहुने भएका छन्। जेठ पहिलो साता छायांकन सुरु हुने यो फिल्म काठमाडौं, काभ्रेको पनौती र पाँचखालमा छायांकन गर्ने तयारी छ। फिल्म कात्तिक २४ गते रिलिज गर्ने तयारी छ।
रौनकविक्रम कँडेलले फिल्ममा लगानी गरेका हुन्। आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट मनोज पण्डितले लेखेका हुन्। निश्चल निर्देशित फिल्म लुट (२०६९) र लुट २ (२०७४) मा रिलिज भएका थिए र सुपरहिट भएका थिए।

प्रकाशित: Apr 27, 2023| 20:17 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।