शनिबार, जेठ २, २०८३

डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने

 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं- लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

National life

बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेको बोर्डका उपसचिव राजुप्रसाद गुरागाईंले जानकारी दिए।

उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ को बैठकले लगानी स्वीकृत गरेको थियो। डाबर नेपालले पेश गरेको क्षमता वृद्धिसम्बन्धी परियोजना प्रस्तावअनुसार रु नौ अर्ब ६८ करोड थप लगानी गर्नेछ। समझदारीपत्रमा हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी बढाउन पाउँदा हर्षित भएको बताएका थिए।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनःलगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास र व्यवसाय विस्तारको प्रचुर स्म्भावनालाई उजागर गरेको बताए। उद्योगमन्त्री रिजालले डाबर नेपालको पुनःलगानीले लगानीकर्ता माझ ठूलो सन्देश प्रवाहित हुने उल्लेख गर्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेकाबाट सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने उल्लेख गरे। 
 

प्रकाशित: Apr 27, 2023| 17:34 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्