आइतबार, वैशाख १३, २०८३

एसीसी प्रिमियर कप: नेपालले कतारलाई ६८ रनले हरायो

सन्दीप लामिछानेले पाँच विकेट लिएपछि कतार ८९ रनमा अल आउट हुन पुगेको हो।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं– कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ।

National life

सन्दीप लामिछानेले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो। जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

नेपालले जितका लागि कतारसामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए।

उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए। यसलाई सन्दीपले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक व्यक्तिगत स्कोर मानिएको छ। सुरुआती खेलमा खराब प्रदर्शन गरेको नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो।

kumari

प्रकाशित: Apr 27, 2023| 15:31 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्