सोमबार, असार २९, २०८३

नेपाल रेमिट र सहारा नेपालबीच सम्झौता

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।

सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ। रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरे।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ। विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिने जनाएको छ।

सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ। यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै आएको छ।
 

प्रकाशित: Apr 26, 2023| 19:01 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्