शनिबार, जेठ २, २०८३

नबिल बैंकले ल्यायो 'लाइफ टाइम फ्री क्रेडिट कार्ड'

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- नबिल बैंक लिमिटेडले 'नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड' ल्याएको छ। बैंकले ग्राहक केन्द्रित नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको बताएको छ।

National life

यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नविकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ। 

यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्। 

'हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरू गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,' उनले भनिन्।

नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ।
 

प्रकाशित: Apr 26, 2023| 17:23 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्