आइतबार, वैशाख २७, २०८३

'प्रसाद २ को बुकिङ खुल्यो

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- ‘प्रसाद २’ फिल्मको बुकिङ खुल्ला भएको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मलाई प्रिमियरमा फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए।

National life

फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय, निर्देशकको निर्देशनलाई प्रिमियरमा आउने फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए।

सुशिल पौडेलले समाजको कथालाई टिपेर फिल्म लेखेको धेरैको भनाइ थियो। यही फिल्मको मंगलबार बेलुकीदेखि मल्टिप्लेक्सका हलहरुले सुखद् दिँदै बुकिङ खुल्ला गरेका छन्।

यो फिल्मलाई क्यूएफएक्स चेनले २७ शो दिएको छ। फिल्मलाई मोफसलमा १५ शो र उपत्यकाका तिन शहरमा १२ शो मिलेको छ। यस्तै, यो फिल्मलाई वीग मुभिजले ४ शो दिएको छ। बिहान पौन ९ बजेदेखि बेलुकी पौने ६ बजेसम्म फिल्मको शो उपलब्ध छ।

यस्तै, वान सिनेमाज्ले फिल्मलाई कालिमाटीमा ४ शो र नयाँ बाँनेश्वरमा ४ शो उपलब्ध गराएको छ। 
 

प्रकाशित: Apr 26, 2023| 17:22 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्