बिहीबार, भदौ ४, २०८३

केपी ओलीलाई गृहजिल्लामा कालो झण्डा

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्।

आज ओलीको गृहजिल्ला झापामा प्रदर्शनमा उत्रिएकाहरूले उनलाई कालो झण्डा देखाउँदै नाराबाजीसमेत गरेका हुन्।

'कोशी प्रदेश चाहिँदैन' जस्ता नारा लगाउँदै उनीहरूले ओलीलाई कालो झण्डा देखाएका थिए। प्रदर्शनमा उत्रिएका दुई जनालाई पक्राउ गरिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन्।

बैठकमै एमाले सचेतक पदम गिरीले भने सत्ता पक्षका कार्यकर्ताको घुसपैठमा अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको बताएका थिए। झापाको कार्यक्रमपछि ओली इलाम प्रस्थान गरेका छन्।

प्रकाशित: Apr 26, 2023| 17:03 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्