बुधबार, चैत २०, २०८१

एसिसी प्रिमियर कप : सेमिफाइनलमा पुग्यो युएई

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई आठ विकेटले पराजित गर्दै युएई प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। 
 |  बुधबार, वैशाख १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

vianetvianet

काठमाडौं– एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ।

triton college

बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई आठ विकेटले पराजित गर्दै युएई प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। 

युएईले ६ अंक जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ।

पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि ११७ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा युएईले २७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। 

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए।

त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे। उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए। बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३/२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए। वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए। 

बहराइनलाई ११६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई÷दुई विकेट लिए। यस हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: Apr 26, 2023| 15:34 बुधबार, वैशाख १३, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्