शनिबार, जेठ २, २०८३

दुर्गा प्रसाईंलाई आयकर तिर्न १५ दिने अल्टिमेटम

बैंक तथा तथा वित्तीय संस्थाबाट ऋण लिए पनि ब्याज नतिर्ने मागसहित सडक तताइरहेका प्रसाईंको बीएन्डसी मेडिकल कलेजले आयकर नतिरेपछि कर कार्यालयले काट्यो पत्र।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले आयकर बक्यौता तिर्न १५ दिने समयसीमा दिएको छ।

National life

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा गरिनुपर्ने र पूर्वराजा ज्ञानेन्द्रलाई गद्दी सुम्पिइनुपर्ने माग राखेर दुर्गा प्रसाईंहरुले गत २० फागुनदेखि अभियान चलाइरहेका छन्।

प्रसाईं पछिल्लो समय राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका नाममा बैंक तथा तथा वित्तीय संस्थाविरुद्ध खनिँदै आएका छन्। तर ब्याज नतिर्ने अभियानको नेतृत्वमा रहेका उनै प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिको हो।

पटक–पटक पत्राचार, फोन सम्पर्क तथा संकलन, भ्रमणका माध्यमबाट आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले बताएको छ। 

प्रसाईं आफैंले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले सञ्चालक दुर्गा प्रसाईंसहित कर बक्यौता रहेको ३६ कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

प्रकाशित: Apr 26, 2023| 13:54 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्