शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्‍याउने समय थप

बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्‍याउने समय थप

प्राधिकरणले २०७९ चैत मसान्तभित्र चुक्ता पुँजी कायम गर्न नसक्ने बिमकले मनासिव कारणसहित निवेदन दिए २०८० असार मसान्तसम्म समय दिने भएको हो।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने समय थपेको छ। तोकिएको समयभित्र तोकिएको चुक्ता पुँजी पुर्‍याउन नसक्ने बिमा कम्पनीका लागि प्राधिकरणले चैत मसान्तसम्मको समयसीमालाई बढाएर असार मसान्तसम्म थपेको हो।

National life

गत चैतमा बिमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणले २०७९ चैत मसान्तसम्म जीवन बिमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो।

प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी बिमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ लाई दोस्रो पटक संशोधन गर्दै कम्पनीहरूलाई २०८० असार मसान्तसभित्र तोकिएको चुक्ता पुँजी पुर्‍याउने म्याद थपेको हो।

निर्देशिकाअनुसार २०७९ चैत मसान्तभित्र चुक्ता पुँजी कायम गर्न नसक्ने बिमकले मनासिव कारणसहित निवेदन दिए प्राधिकरणले निर्देशिकाबमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ।

तोकिएको समय सीमाभित्र चार बिमा कम्पनीले मात्रै तोकिएबमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्‍याएका छन् भने अधिकांशले पुँजी पुर्‍याउन नसकेपछि प्राधिकरणले समय थप गर्ने सुविधासहित निर्देशिका संशोधन गरेको हो।

प्रकाशित: Apr 26, 2023| 11:47 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्