शनिबार, जेठ २, २०८३

तरकारी बेच्न परिचयपत्र अनिवार्य

स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि परिचयपत्र वितरणलाई अनिवार्य गरिन लागेको हो।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरले कृषिजन्य वस्तु विक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ।स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो।

National life

स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए।

उनले भने, ‘अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चस्व रहने गरेको छ। त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन। यसलाई ध्यानमा राखी परिचयपत्र लागू गरेका हौं,’ उनले भने।

तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन्। किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन्।

तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन। कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा–१२ मा हाटबजार व्यवस्था गर्न लागिएको छ।

प्रकाशित: Apr 26, 2023| 11:27 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्