आइतबार, कात्तिक २२, २०८३

आइएमई लिमिटेडको १० लाख कित्ता आईपीओ आउँदै

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- आइएमई लिमिटेडले १० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

Machhapuchchhre

यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

आइएमईले  २२ वर्षदेखि रेमिटेन्स सेवाप्रदायकको काम गर्दै आएको छ। रेमिटेन्स व्यवसाय मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ठूला करदाता सम्मानबाट आइएमई लिमिटेड पुरस्कृत पनि भएको छ।

आइएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै लगेको छ।

प्रकाशित: Apr 25, 2023| 18:01 मंगलबार, वैशाख १२, २०८०