सोमबार, असार २९, २०८३

पार्ले एग्रोको फ्रुटी पुनः नेपाली बजारमा 

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं-  भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले चर्चित पेय पदार्थ – फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ। 

नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ। अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित छिन्। 

उपासना सिंह भन्छिन्, “सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु। यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ। हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ। नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ।“

फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पेट बोटलमा उपलब्ध छ। 

प्रकाशित: Apr 24, 2023| 17:52 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्