शनिबार, जेठ २, २०८३

नेपालका सडकमा ५ हजारभन्दा बढी महिन्द्रा स्कर्पियो

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- उकालो, ओरोलो, कच्ची र अफ्ठेरो सडकका लागि नेपालमा उत्कृष्ठ मानिएका केही एसयूभी सवारी मध्येको ‘महिन्द्रा स्कर्पियो पिकअप’ले बलियो बजार लिएको कम्पनीले जनाएको छ।

National life

अफरोड र एडभेन्चर यात्राका लागि नेपालमा पिकअप बढी उपयुक्त हुन्छ। खासगरी डबल क्याब पिकअपको पाँच यात्रुसहित सामान राख्न पछाडिको भागमा हुने ठूलो स्पेस मुख्य विशेषता मानिन्छ।

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको ‘महिन्द्रा स्कर्पियो पिकअप’ एक हो। नेपालका लागि महिन्द्रा पिकअपको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले देशभर ५ हजारभन्दा बढी स्कर्पियो गुडिरहेको बताएको छ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्तामाझ पनि यसको ४डब्लूडी अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्चस्तरको विशेषता, शक्तिशाली प्रर्दशन, अधिकतम सुरक्षा र  प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल रहेको कम्पनीको भनाइ छ। 

यो स्कर्पियोको लोकप्रियता नेपाली बजारमा मात्रै नभइ विश्वव्यापी रूपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा कायम रहेको कम्पनीको भनाइ छ। 

स्कर्पियो प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिनको १४० एचपी पावर र ३२० एनएम टर्क रहेको छ। यसमा २१० एम.एम को ग्राउण्ड क्लिएरेन्सका साथै ४डब्लूडीको मद्दतले नेपालको कुनै पनि कुनामा यात्रा गर्न सहजता हुने कम्पनीको भनाइ छ।

सुरक्षाका लागि पनि पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषताहरु रहेको छ। स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ। 

सुपथ मूल्य, विशेषता र शक्तिशाली इन्जिन नै अन्य पिकअपको तुलनामा महिन्द्रा स्कर्पियो पिकअप उत्कृष्ट र आरामदायी रहेको कम्पनीको भनाइ छ। हाल देशर अग्नि इन्कर्पोरेटेडले देशभर ८० भन्दा बढी नेटवर्कवक, शोरुम तथा सर्भिस सेन्टरहरुबाट सेवा दिइरहेको बताएको छ।
 

प्रकाशित: Apr 24, 2023| 17:51 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्