शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट

सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- सनराइज बैंकले आफ्ना ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाइने सम्झौता गरेको छ। 

National life

सम्झौताअनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सोसम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। 

उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सन्राइज बैंकको  डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

यस योजनाले सन्राइज बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको बैंकले जनाएको छ। भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंकले बताएको छ। 

भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सनराइज बैंकले छुटै हेल्थ केयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको छ भने अपोलो लगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सन्राइज स्वास्थ्य योजनाअन्तर्गत शोधभर्ना लिन सकिने बैंकले जनाएको छ। 
 

प्रकाशित: Apr 24, 2023| 17:48 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्