काठमाडौं- मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुन लागेको नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएको छ।
लगातार पानी परेपछि खेल एसीसीले रद्द गरेको हो। तालिकाअनुसार बिहान साढे ९ बजे टस हुनुपर्ने थियो। तर दिउँसोसम्म पनि पानी नरोकिएपछि खेल हुन नसकेको हो।
मूलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दै थियो। खेल रद्द भएसँगै नेपाल ५ अंक बनाएर सेमिफाइनलमा पुगेको छ भने साउदी अरेबिया तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।
प्रिमियर कपअन्तर्गतकै त्रिवि क्रिकेट मैदानमा हुने खेल पनि सुरु हुन सकेको छैन। त्रिविमा आज बहराइन र हङकङबीच प्रतिस्पर्धा हुने तालिका थियो।