शनिबार, वैशाख २२, २०८१

'सकम्बरी' विवादमा बोल्यो पारिजात स्मृति केन्द्र

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- पारिजात स्मृति केन्द्रले प्रकाश सपुतको सकम्बरी (फूलमाया) गीतको भिडियोमा पारिजातको कृति ‘शिरीषको फूल’का दुई पात्रहरूको नाम सकम्बरी र सुयोगबीर राखेकोमा आपत्ति जनाएको छ। 

triton college

'कुनै पनि प्रकारले मेल नखाने पात्रलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगबीर नाम दिनु र शिरिषको फूल पुस्तकसमेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन। यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि यस केन्द्रसँग कुनै स्वीकृति लिएको छैन। यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ,' साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग गीतको भिडियोको पात्रको कुनै पनि प्रकारले मेल नखाने भन्दै केन्द्रले भनेको छ।

पारिजात स्वयं नारी सशक्तिकरणका लागि लडेको व्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको भन्दै केन्द्रले आपत्ति जनाएको छ।

'अनधिकृत छायांकनबाट सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै उहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ। स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको छ। लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै प्रकाश सपुतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृष्यहरु सच्याउन माग गर्दछ,' केन्द्रले भनेको छ।
 

प्रकाशित: Apr 24, 2023| 10:52 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्