शुक्रबार, माघ २३, २०८२

मूलपानी र कीर्तिपुर मैदानको खेल वर्षाले प्रभावित

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेलमा टस गर्न ढिलाइ भएको छ। मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेलका लागि टस नै हुन सकेको छैन। हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ। 

National life

अहिले पिचमा कभर लगाइएको छ। नेपालले मूलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो। समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।

नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो। २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।

सो खेलमा ज्ञानेन्द्र मल्लले २३ बलमा नटआउट ६१ रन जोडेका थिए। पहिले ब्याटिङ गरेको साउदी १३१ रनमै अलआउट भएको थियो। जुन लक्ष्य नेपालले १३.१ ओभरमै पार गरेको थियो।
उता आजै समूह 'बी' का बहराइन र हङकङ पनि खेल्दै छन्। यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे नै हुने तय भए पनि वर्षाका कारण सुरु हुन सकेको छैन। समूह 'बी' मा रहेको हङकङ शीर्ष स्थानमा छ। यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन्।

Laxmi sunrise bank

प्रकाशित: Apr 24, 2023| 09:15 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्