बिहीबार, भदौ ४, २०८३

काठमाडौंमा चट्याङसहित वर्षा

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- राजधानी काठमाडौँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ। रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताउनुभयो। उनले भने, ‘प्री–मनसुन पनि सक्रिय भएको छ, साथै, पश्चिमी वायुको प्रभाव पनि रहेको छ। भोलि दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा घगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।’

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको अतिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ।
 

प्रकाशित: Apr 23, 2023| 21:11 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्