बिहीबार, भदौ ४, २०८३

नगरपालिकाको जिपको ठक्करबाट एक बालकको ज्यान गयो

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ।

मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए। 

दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए। 

मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: Apr 23, 2023| 20:47 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्