बिहीबार, भदौ ४, २०८३

चिडियाखानामा हुलियो नरभक्षी बाघलाई

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएको एउटा नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा हुलिएको छ। आज आइतबार साँझ उक्त बाघलाई जावलाखेलस्थित चिडियाखाना ल्याइएको हो। 

उद्धार गरिएको पोथी बाघ अन्दाजी ५ वर्षको छ। कञ्चनपुर बेलौरी नगरपालिका-८ पथुइ गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा गत शुक्रबार बिहान १० बजेतिर बाघले स्थानीय महिलाहरूमाथि आक्रमण गरेको थियो। 

बाघले ४२ वर्षीया गंगादेवी चन्दमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो। उनीसँगै घाँस काटिरहेका महिलाहरू भाग्न सफल भएका थिए। 

बाघले मानिसमाथि आक्रमण गरेको खबर पाएपछि कुण्डा सब डिभिजन वन कार्यालयले चन्द र बाघको खोजी गरेको थियो। बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो।
 

प्रकाशित: Apr 23, 2023| 18:52 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्