शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौलाकाली केबुलकारको उद्घाटन वैशाख १८ मा प्रधानमन्त्रीले गर्ने

मौलाकाली केबुलकारको उद्घाटन वैशाख १८ मा प्रधानमन्त्रीले गर्ने

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- मौलाकाली केबुलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबुलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ।

National life

नवलपुर जिल्लाको गैंडाकोट-१ मा निर्माण सम्पन्न केबुलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केबुलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। 

आइएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबुलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैंडाकोट-१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबुलकारमा १२ वटा गोन्डोला रहेका छन्। 

केबुलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ। केबुलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ। 

केबुलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङ्क्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन्। केबुलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबुलकार प्रालिले जनाएको छ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ। आइएमई ग्रुपको मुख्य लगानी रहेको केबुलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबुलकार प्रा.लिद्वारा प्रवर्द्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ।

उक्त परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ। आइएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमुना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

प्रकाशित: Apr 23, 2023| 16:51 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्