बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुरका वडाध्यक्ष अधिकारीको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुरका वडाध्यक्ष अधिकारीको मृत्यु

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

वैशाख १ गते कीर्तिपुरको चम्पादेवी मन्दिरमा लाग्ने मेलाको व्यवस्थापन तथा सरसफाइका लागि त्यहाँ पुगेका वडाध्यक्ष अधिकारी कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा मोटरसाइकल दुर्घटनामा परेका थिए। ओरालोमा मोटरसाइकलको ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीको अनुमान छ।

ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा उनी घाइते भएका थिए। स्थानीयले उनलाई अचेत अवस्थामा फेला पारेका थिए।

कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरेलगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो। अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: Apr 23, 2023| 15:34 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्