बिहीबार, भदौ ४, २०८३

माछापुच्छ्रे बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। 
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- माछापुच्छ्रे बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। 

संस्थापक जिसस थापाले आफ्नो नाममा रहेको ४५ हजार २१३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन्। यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। यसको भाउ भने तोकिएको छैन। 

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
 

प्रकाशित: Apr 23, 2023| 11:48 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्