काठमाडौं- पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो।
घाइतेहरूको सुरुमा स्थानीयले उद्धार गरेका थिए। पछि प्रहरी टोली र एम्बुलेन्स पुगेका थिए। बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।