पाल्पाबाट बुटवल जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा भएको दुर्घटनामा मानवीय हताहत भएको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण भने प्रहरीले दिएको छैन।
स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् भने प्रहरी र एम्बुलेन्स पनि पुगेका छन्। दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।