बिहीबार, भदौ ४, २०८३

दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु

कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

धनगढी- कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहीबार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो। उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ। 

प्रकाशित: Apr 23, 2023| 09:50 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्