काठमाडौं- अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी तथा मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
भोलि सोमबार देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। अपराह्नपछि देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वैशाख १२ गते मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।