शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार र राष्ट्र बैंक आर्थिक समस्या समाधानका सकारात्मक पाएका छौं: अध्यक्ष ढकाल

सरकार र राष्ट्र बैंक आर्थिक समस्या समाधानका सकारात्मक पाएका छौं: अध्यक्ष ढकाल

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन्।

National life

नुवाकोट उद्योग वाणिज्य संघको १८औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, 'मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरु उल्लेख गरेको थिएँ। त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ। यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेका छौं। आजमात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ। हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं। अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ। यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ।' 

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रको सम्भावना रहेको बताए। उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए।

'तपाईंहरुले यहाँका सम्भावित परियोजनाहरु छनौट गर्नुहोस्। यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ। म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,' उनले भने। उनले नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे।

प्रकाशित: Apr 21, 2023| 16:51 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्