शनिबार, जेठ २, २०८३

मेट्रो मार्केटको चौथो शाखा कपनमा

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- मेट्रो मार्केटको चौथो शाखा कपनमा खुल्ने भएको छ। फैका चोक कपनमा यही शनिबार (९ वैशाख) देखि मेट्रो मार्केट सञ्चालनमा आउन लागेको हो। 

National life

मार्केट उद्घाटनको अवसरमा ग्राहकले भारी छुटसमेत पाउने भएका छन्। यसअघि मेट्रो मार्केटका शाखा पेप्सीकोला, जोरपाटी र सानेपामा सञ्चालनमा आइसकेका छन्।  

मेट्रो मार्केट परिवारले पाँच वर्षभित्र काठमाडौंका ५० स्थानमा शाखा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ। यसका साथै काठमाडौं बाहिर वा अन्य ठूला शहरहरू हेटौंडा, पोखरा, चितवन, भैरहवा, जनकपुरलगायत स्थानमा पनि शाखा विस्तार गर्ने बताइएको छ।

मेट्रो मार्केटले खाद्यान्य, लत्ताकपडा, भाडाँकुडा, श्रृंगारका सामाग्री जस्ता थुप्रै घरेलु सामाग्री एउटै छाना मुनी उपलब्ध गराउँदै आएको छ। 

प्रकाशित: Apr 21, 2023| 15:41 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्