शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्रिकेटका लागि आवश्यक सम्पूर्ण इन्टरनेट पूर्वाधार वर्ल्डलिंकले दिने

क्रिकेटका लागि आवश्यक सम्पूर्ण इन्टरनेट पूर्वाधार वर्ल्डलिंकले दिने

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेटसम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ। 

National life

देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र क्रिकेट संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारी पत्रमा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गा राज पाठकले हस्ताक्षर गरेका छन्। 

तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुन सक्ने बताइएको छ। समझदारीमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा कम्पनीका सिइओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाईबिस्तार तथा प्रवर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको  बताए। 

'हामीले देशका दुर्गम स्थानहरूमा पनि सेवा उपलब्ध गराइरहेका छौं। पछिल्लो समय खेलमा पनि नेपालले प्रगति गरिरहेको छ। यसलाई देशका हरेक कुनाकुनासम्म पुर्‍याउनु हाम्रो दायित्व हो। यही कुरालाई मनन गर्दै हामीले खेल प्रवर्द्धनमा सहयोग गरेका हौं,' उनले भने। सम्झौता अनुसार मुलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबिपिएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ। 

यस्तै, जारी एसिसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबिपिएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ।
 

प्रकाशित: Apr 21, 2023| 18:30 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्