सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङले नबिल बैंकसँगको सहकार्यमा ल्यायो क्यासब्याक योजना

सामसङले नबिल बैंकसँगको सहकार्यमा ल्यायो क्यासब्याक योजना

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- सामसङले हालै मात्र बजारमा उपलब्ध गराएको ए सिरिज मोडलका दुई नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ।

यस योजनाका लागि साससङले नबिल बैंकसँग १२ अप्रिलमा एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ, जसअनुसार नबिलका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा गत २९ मार्चदेखि उपलब्ध छ। उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पर्फर्मेन्स र अदभूत विशेषताको कारण मोबाइल बजारलाई तताइदिएको कम्पनीको दाबी छ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी ग्राहकका लागि अझ बढी सुलभ भएको छ। ग्राहकले आफूसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत चुनिएका स्टोर अथवा ब्रान्डका शोरुमहरुबाट ग्यालेक्सी यी दुई मोडलका फोन खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन्। यो योजना सीमित अवधिका लागि मात्र लागू गरिएको छ।

प्रकाशित: Apr 21, 2023| 14:53 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्