शनिबार, भदौ ६, २०८३

सेतोपाटीविरुद्ध निर्वाचन आयोगमा उजुरी

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- यही आइतबार हुन लागेको प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले सेतोपाटी अनलाइनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन्। 

सेतोपाटीले उपचुनावमा मतदातालाई भ्रममा पार्ने गरी जनमत सर्वेक्षण सार्वजनिक गरेको भन्दै कांग्रेस उम्मेदवार भट्टराईले उजुरी दिएका हुन्।

सेतोपाटीले तनहुँ-१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको प्रक्षेपण गरेको थियो। मतदातालाई प्रभावमा पार्ने गरी घण्टी चिन्हवाहक उम्मेदवारको पक्षमा माहोल बनाउन निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा समाचार प्रकाशन गरिएको भट्टराईको आरोप छ।

उनले दिएको उजुरीमा भनिएको छ, ‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड। (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐ.को दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’

यसअघि प्रेस काउन्सिल नेपालले उपनिर्वाचनमा निश्चित दल र उम्मेदवारको पक्षपोषण गरेको भन्दै सेतोपाटीलाई हिजो २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ।

प्रकाशित: Apr 21, 2023| 12:50 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्