शनिबार, भदौ ६, २०८३

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरपी बिच्छा नियुक्त

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. आरपी (रामपदारथ) बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. आरपी (रामपदारथ) बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। सरकारले हालै डा. बिच्छासहित तीन जनालाई आयोगको सदस्यमा नियुक्त गरेको हो। 

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा.बिच्छा दुई वर्ष पहिले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारका रुपमा कार्यरत थिए। बालरोग विज्ञ डा. बिच्छाले दुई पटक कान्तिबाल अस्पतालको निर्देशक भएर पनि काम गरेका थिए। बालस्वास्थ्य महासाखा र परिवार कल्याण महासाखाको निर्देशक भएर पनि डा. बिच्छाले कार्यसम्पादन गरेका थिए।

प्रकाशित: Apr 21, 2023| 12:31 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्