शनिबार, भदौ ६, २०८३

पोखरामा डोजर पल्टिँदा चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिकामा डोजरमा च्यापिएर चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

पोखरा- कास्कीको पोखरा महानगरपालिकामा डोजरमा च्यापिएर चालकको मृत्यु भएको छ।

बिहीबार साँझ करिब ७ बजे पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ‘डम्पिङ साइट’ मा फोहोर व्यवस्थापन गर्ने क्रममा अन्दाजी ६० वर्षीय मुसाफिर दासको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार पोखरा महानगरपालिकाको ग १ ग १३४ नम्बरको बुल डोजर फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रित भई पल्टेको थियो।

सोही डोजरले च्याप्दा पोखरा महानगरपालिका–१५ रामबजार घर भएका चालक दासको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रकाशित: Apr 21, 2023| 09:30 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्