शनिबार, भदौ ६, २०८३

सेनामा ४५ सयका लागि रोजकारीको अवसर

नेपाली सेनाले चार हजार ५०० जनशक्ति माग गरेको छ। 
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- नेपाली सेनाले चार हजार ५०० जनशक्ति माग गरेको छ। 

गोरखापत्रमा सूचना निकाल्दै सेनाले १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने जनाएको छ। 

न्यूनतम आठ कक्षा पास भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो। 

021958984army-notice1682045770.jpg

प्रकाशित: Apr 21, 2023| 08:50 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्