शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपा लिगः म्यानचेस्टर  युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो

युरोपा लिगः म्यानचेस्टर  युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ। 
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ। 

क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलबाट बाहिरिएको छ।  

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो।

इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए। पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो।   

त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल  गरे।

जुन गोलले सेभियालाई ३–० को जित दिलाएर सेमिफाइनलमा लग्यो भने म्यान्चेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो। 
 

प्रकाशित: Apr 21, 2023| 08:15 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्