शनिबार, भदौ ६, २०८३

ढुंगा प्रहार गरी डडेल्धुरामा महिलाको हत्या

डडेल्धुरामा ढुंगा प्रहार गरी एक महिलाको हत्या गरिएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

धनगढी- डडेल्धुरामा ढुंगा प्रहार गरी एक महिलाको हत्या गरिएको छ। परशुराम नगरपालिकामा ढुंगा प्रहारबाट बिहीबार एक महिलाको मृत्यु भएको हो।

परशुराम-४ रज्यौडा बस्ने ६३ वर्षीया गोमती थापा मगरको ढुंगा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई परशुराम-४ कै गोपाल राउटेले ढुंगा प्रहार गरी घाइते बनाएका थिए।

ढुंगा प्रहारबाट महिला घाइते भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। हत्यारा भने फरार रहेका छन्।

ढुंगा प्रहार गर्ने राउटे फरार रहेको इलाका प्रशासन कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बुडुले जानकारी दिए।

प्रकाशित: Apr 21, 2023| 07:44 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्