शनिबार, भदौ ६, २०८३

के नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै हो?

नेपालमा आजदेखि नयाँ मौसमी प्रणाली विकासको संकेत देखिएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- नेपालमा आजदेखि नयाँ मौसमी प्रणाली विकासको संकेत देखिएको छ। बढिरहेको गर्मी र वायु प्रदूषणको कार‌ण जनजीवन प्रभावित भइरहेका बेला नेपालमा नयाँ मौसमी प्रणाली भित्रिले संकेत देखिएको हो।

पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस पुगेको छ। नयाँ मौसमी प्रणाली विकास नहुँदा स्थिर मौसमको कारण लगातार तापक्रम बढिरहेको मौसम विज्ञान विभागले जनाएको छ। हिजोदेखि सुदूरपश्चिमतिर बाक्लो बादल देखिएकाले आजदेखि मौसममा त्यसको केही असर देखिन सक्ने विभागको अनुमान छ।

नयाँ मौसमी प्रणालीवाट ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ।

प्रकाशित: Apr 21, 2023| 07:40 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्