सोमबार, असार २९, २०८३

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- साताको अन्तिम  कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १५.७ अंक घटेर १९ सय ४ मा झरेको छ। 

आज १७८ कम्पनीको मूल्य घट्दा ३३ वटाको बढ्यो भने ८ को स्थिर रह्यो। कुल ९८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड बढी हो। सबै उपसमूहका सूचक ओर्लिएका छन्। बैंकिङ ५.३, विकास बैंक ४७, फाइनान्स २४, होटल तथा पर्यटन ७, जलविद्युत् ३२, जीवन बीमा ७६, उत्पादन ४४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ३५, अन्य १३ र ब्यापार उपसमूह ११ अंक घटे।

कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। आदर्श लघुवित्तको १० र सामलिङ पावरको मूल्य ८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक, कुमारी बैंक संस्थापक, एसियन लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंक क्रमशः अगाडि रहे।

प्रकाशित: Apr 20, 2023| 15:26 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्