आइतबार, वैशाख १३, २०८३

एसीसी प्रिमियर कपमा युएई विजयी

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो।

National life

युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए। कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए। 
युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३-३ विकेट लिए भने जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल बनाएको थियो।

युएईका लागि वृत्य अरविन्द र रोहन मुस्तफाले शतक प्रहार गरे। अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए।

त्यस्तै मुस्तफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए। आसिफ खानले ३० रन जोडे। कुवेतका लागि शाहरुख क्युदुस र प्रविन्द्र कुमारले दुई-दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक-एक विकेट लिएका थिए। 

प्रकाशित: Apr 19, 2023| 18:36 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्