शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा कांग्रेसका कनौडिया र माओवादीका केसी आलोपालो मुख्यमन्त्री

लुम्बिनीमा कांग्रेसका कनौडिया र माओवादीका केसी आलोपालो मुख्यमन्त्री

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति गरेका छन्।
 |  बुधबार, साउन २७, २०७८

विनोद परियार

विनोद परियार

बुधबार, साउन २७, २०७८

बुटवल – लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति गरेका छन्। मुख्मयन्त्री शंकर पोखरेलको प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेपछि बुधबार दिउँसो पत्रकारसँग कुराकानी गर्दै गठबन्धनले सत्ता साझेदारी आधा÷आधा गर्ने सहमति भएको बताएका हुन्। नेपाली कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले दुई दलका बीचमा सरकारको नेतृत्व आलोपालो गर्ने गरी भद्र सहमति भएको बताए।

triton college

 ‘आउँदो फागुन १ गते जनयुद्ध दिवस मनाएपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ’, उनले भने। पत्रकारहरुसँगको संक्षिप्त प्रतिक्रियामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा प्रस्तावित मख्यमन्त्री कुलप्रसाद केसीले दुई दलका बीचमा लोकतन्त्र र संविधान रक्षा गर्ने गरी सहमति भएको बताए । ‘हामीबीच जे सहमति भएको छ, त्यसको कार्यान्वयन गर्छौं’, उनले भने। उनले सरकार गठन नभइसकेकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरुले सार्वजनिक गर्ने समेत बताए। 

दुवै दलका अनुसार आगामी फागुनपछि कांग्रेस संसदीय दलका नेता कनौडिया मुख्यमन्त्री बन्नेछन्। मुख्यमन्त्रीबाट शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्ताव उपर छलफल गर्न विशेष अधिवेशन सुरु भएपछि राजीनामा दिएका थिए। 

लुम्बिनीको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि शेरचनले आह्वान गरेका हुन्। 

प्रकाशित: Aug 11, 2021| 17:50 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।