आइतबार, वैशाख १३, २०८३

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ। मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो। हैदरावादले भने दुई जित पछि तेस्रो हार बेहोरेको छ।

National life

गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो।

मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे। अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच चुनिए। सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए।

घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो। हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए। यस्तै विकेटकिपर ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन बनाए।

मुम्बईका लागि राइली मेरिडिथ र जेसन बेहरेनडोर्फले दुई–दुई विकेट लिए। अर्जुन तेन्दुलकरले अन्तिम ओभरमा एक विकेट लिएपछि मुम्बईले १४ रनको जित हासिल गर्यो। 

kumari

यो जितपछि मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ। हैदरावाद भने नवौ स्थानमा छ।

प्रकाशित: Apr 19, 2023| 06:54 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्