मंगलबार, फागुन १९, २०८२

पाकिस्तानमा सवारी दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

इस्लावाद- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २५ जना घाइते भएका छन्। सिन्ध प्रान्तको सुक्कुर जिल्लामा यात्रुवाहक दुई वटा सवारी एकापसमा ठोक्किदा उक्त हताहति भएको हो।

पूर्वी पञ्जाब प्रान्त गइरहेको एउटा बस र पञ्जाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएको प्रहरी तथा उद्धारकर्मीले बताएका छन्।

घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन्। द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको सवारी ठोक्किएको प्रहरीले जनाएको छ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन्।   -सिन्ह्वा

प्रकाशित: Apr 18, 2023| 19:09 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्