बिहीबार, कात्तिक २७, २०८२

नेपाली दर्शकलाई सलमानको आग्रह- मेरो फिल्म हेरिदिनुहोला

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- सलमान खानको नयाँ फिल्म 'किसीका भाइ, किसीका जान' यो वर्षको इदमा रिलिज हुँदैछ। यो फिल्म नेपालमा पनि वितरकले ल्याइसकेका छन्।  

National life

यसैबीच, सलमानले नेपालका दर्शकलाई सम्बोधन गर्दै आफ्नो फिल्म हेर्न आग्रह गरेका छन्।

नेपाली दर्शकलाई सम्बोधन गरेको भिडियोमा सलमानले भनेका छन्, 'हेल्लो नेपाल। म हुँ तपाईंको भाइ, तपाईंको जान, सलमान खान। यो इदमा म लिएर आउँदैछु, फ्यामिली इन्टरटेन्टमेन्टले भरिएको मेरो फिल्म तपाईंको नजिकैको हलहरुमा यही अप्रिल २१ देखि प्रदर्शनमा आउँदैछ। धेरै माया दिनुस्, टिकट बुक गर्नुस्। इदको सबैलाई शुभकामना।'

फिल्मको ट्रेलरमा सलमान कतै रोमान्टिक त कतै खतरनाक एक्सन अवतारमा देखिएका छन्। सलमानलाई नाम सोधिएको छ। जवाफमा उनले आफ्नो नाम नभएको र भाइजानबाट परिचित रहेको जवाफ दिएका छन्। सलमानको प्रेमिकाको रुपमा पूजा हेगडे छिन्। उनीहरुको केमेस्ट्री राम्रो देखिएको छ।

फिल्मका निर्देशक फरहाद समजी हुन्। सलमान आफैं निर्माता रहेको फिल्ममा जगपति बाबू, विजेन्द्र सिंह, सिद्धार्थ निगम, शहनाज गिल, जस्सी गिल, पलक तिवारी लगायतको पनि मुख्य भूमिका छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 18, 2023| 18:16 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्