शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ ग्यालेक्सी शृंखलाका फोन खरिदमा २ हजार क्यासब्याक

सामसङ ग्यालेक्सी शृंखलाका फोन खरिदमा २ हजार क्यासब्याक

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- स्मार्टफोन सामसङले ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ। 

National life

योजनामा सहभागिताको लागि ग्राहकसँग नबिल बैंकको भिसा डेबिट कार्ड र क्रेडिट कार्ड हुनुपर्नेछ। 

सामसङले नबिल बैंकसँग सम्झौता गरेको हो। उक्त कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध गराउन थालिएको हो। 

दुवै ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ फाइभजीको  ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ पर्छ भने ८ जीबी र्‍याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यस्तै ए३४ फाइभजीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत १ टीबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ।
 

प्रकाशित: Apr 18, 2023| 17:09 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्