शनिबार, असार १३, २०८३

एसीसी प्रिमियर कप : नेपालको सहज जित

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- घरेलु मैदानमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ।

National life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। 

मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ९८ बल खेल्दै पाँच चौका प्रहार गरे। 

त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाए। साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित ५ रन जोडे। बलिङतर्फ मलेसियाका  मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक–एक विकेट लिए। 
    
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए। ९५ बल खेलेका उनले आठ चौका र एक छक्का प्रहार गरे। त्यस्तै विरन्दीप सिंहले ४६ रन बनाए भने मोहम्मद आमिरले १७ रन जोडे।

त्यस्तै, खिजार ह्यायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाए। विजय उन्नीले १२ रन जोडे भने सायद अजिज १३ रन बनाए। 

Shivam cement

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झारे। यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अङ्क जोडेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन्।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्। भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन्।
 

प्रकाशित: Apr 18, 2023| 16:50 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्